अवैध लागूऔषध सहित २ जना पक्राउ

काठमाडौँ । तुलसीपुर उपमहानगरपालिका १८ मज्गैबाट अवैध लागूऔषध ब्राउन सुगर करिब ३ सय ९० मिलिग्राम र नगद ५८ हजार ७० रुपैयाँ सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका १२ बस्ने २६ वर्षीय सुदन गिरी र सोही उपमहानगरपालिका १० बस्ने ३९ वर्षीय बलदेव शाह रहेका छन् ।

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु.८९ प २०२१ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।