सुर्खेतमा चितुवाको छाला सहित एक पक्राउ

काठमाडौँ । सुर्खेतको पंचपुरी नगरपालिका ५ बाबियाचौरस्थित नौलो होटेलबाट १ थान टाटेपाटे चितुवाको छाला सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमन जाजरकोटको बारेकोट गाउँपालिका ३ रोकाय गाउँ बस्ने ५२ वर्षीय कर्ण बहादुर रोकाय रहेका छन् ।

उनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । रोकायले चितुवाको छाला ल्याएको भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरीले उनलाई उक्त छाला सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।