कस्ले गर्‍यो मतपेटिकामा आगजनी ?

काठमाडौं । बाजुराको खापर गाउँपालिकास्थित भगवती आधारभूत विद्यालयको केन्द्रमा रहेको एक मतपेटिकामा आगजनी भएको छ ।

बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अघिकारीका अनुसार प्रदेश सभा समानुपातिक तर्फको मतदान गर्ने क्रममा केहीबेर अगाडि मतपेटिकामा आगलागी भएको छ । सो मतपेटिका आगोलागी भएपछि केहि समय मतदान रोकिएको र पानी हालेर आगो नियन्त्रण गरेको छ ।

मतपेटिकामा सामान्य क्षति भएको र सामान्य भिजेको कारण के गर्ने भनेर, निर्णय भइरहेको जिल्ला अधिकृतले बताएका छन् ।आगो लागेको कारण नखुलेको छैन् । हालसम्म मतदान केन्द्रमा ५ सय २८ मत खसेको जानकारी छ ।