सेयर बजार फेरि ओरालोतिर

काठमाडौँ । नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.६१ अङ्कले ओरालो लागेर १ हजार ९ सय ५०.३७ मा ओर्लिएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६५ अङ्कले ओरालो लागेर ३ सय ८२.६१ मा सीमित भएको छ ।

कूल २ सय ३६ कम्पनीको ३७ लाख ६१ हजार २ सय ९९ कित्ता शेयर १ अर्ब ४९ करोड ४३ लाख ९४ हजार ६ सय १३ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।

कारोबार रकमका आधारमा यसदिन हिमालयन डिस्टीलरी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको १६ करोड ४६ लाख ४२ हजार रुपैयाँ बराबरको सेयर कारोबार गरेको छ । नविल बैंक ७ करोड २४ लाख र शिवम् सिमेन्ट ६ करोड १६ लाख मूल्य बराबरको सेयर कारोबार गरी क्रमशस् दोस्रो र तेस्रो स्थानमा रहन सफल भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये ११ को सूचक घट्यो भने २ को बढेको छ भने पाँच कम्पनीको सेयर मूल्य १ प्रतिशत बढिले घट्यो। डेभलपमेन्ट बैंक, फाइनान्स,हाइड्रोपावर, मनुफ्याक्चरी एन्ड प्रोसेसिङ र अदर्श समूहको सूचक १ प्रतिशत बढिले घटेको छ ।