माओवादी केन्द्रको पदाधिकारी बैठक

काठमाडौँ । नेकपा माओवादी केन्द्को पदाधिकारी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ।

अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुका प्रेस संयोजक सूर्यकिरण शर्माले पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको बैठकमा संसदीय दलको नेता चयन गर्नेबारे छलफल हुने जानकारी दिएका छन् ।

उनले भने पदाधिकारी बैठकमा संसदीय दलको नेता चयनबारे छलफल हुन्छ र पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, पम्फा भुसाल, मातृका यादव, देवेन्द्र पौडेललगायतका नेताहरू सहभागी भएको बताएका छन् ।

यसैगरी माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्ने जानकारी दिएको छ ।