सुन चाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन को तोलामा ९०० रूपैयाँ बढेर १ लाख २ हजार ६०० रूपैयाँमा कारोबार भएको छ । गत सोमवार सुनको भाउ तोलाको १ लाख १ हजार ७०० रूपैयाँ कारोबार भएको थियो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार उक्त दिन सुनको मूल्य तोलाको १ लाख २ हजार ५०० रूपैयाँमा कारोबार भएको छ ।

आज चाँदीको भाउ प्रतितोला १० रूपैयाँ बढेर १ हजार ४१० रूपैयाँमा कारोबार भएको छ । हिजो चाँदी तोलाको १ हजार ४०० रूपैयाँमा कारोवार भएको थियो ।