बुद्धभूमिमा राष्ट्रपति रनिङ शिल्ड सुरु

काठमाडौँ । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड र मेयर कप प्रतियोगिता सुरु भएको छ । कपिलवस्तु क्षेत्र नं। २ का प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्यले मंगलबार प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

स्वास्थ्य, शिक्षा, रोजगार जस्ता आधारभूत आवश्यकतालाई कागजमा होइन व्यवहारमा लागु गर्नु पर्ने प्रतिनिधि सभा सदस्य आचार्यले बताउनुभयो । उहाँले बुद्धुभुमि नगरपालिकामा रङ्गशाला निर्माणका लागि पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

खेल क्षेत्रसँगै सांस्कृतिकलाई पनि विशेष ध्यान दिनु पर्ने प्रदेश सदस्य नवराज लामिछानेले बताउनुभयो । नगरपालिकाले ६ करोड लगानीको रङ्गशाला निर्माणका लागि पहल गरेको र यसको डिभिआर तयार भइसकेको नगर प्रमुख केशव कुमार श्रेष्ठले बताउनुभयो ।

त्यसका लागि सङ्घीय र प्रदेश सरकारसँग माग समेत गरिएको बताउनुभयो । राष्ट्रपति रनिङ शिल्डमा १८ विद्यालयका विद्यार्थी तथा मेयर कप फुटबलमा सात वडाका सातै टोलीको सहभागिता रहेको छ । प्रतियोगिता पुस २३ गतेसम्म चल्ने छ । गोरखापत्र