काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध दिएको पुनरावेदनमाथिको सुनुवाइ स्थगित भएको छ ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको संयुक्त इजलासमा लामिछानेले दिएको पुनरावेदनमाथिको बिहीबार सुनुवाइ तोकेका थिए ।
तर निवेदक लामिछानेको कानुन व्यवसायीबाट सुनुवाइ स्थगित भएको उच्च अदालत पाटनका शाखा अधिकृत एवम् सूचना अधिकारी दिनेश पौडेलले जानकारी दिएका छन् ।
यसअघि २ पटक पेशी तोकिए पनि पहिलोमा सन्दीपका कानुन व्यवसायीले स्थगित गरेका थियो भने दोस्रोमा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो । सन्दीपले दिएको पुनरावेदनमाथि पुस २८ गते सुनुवाइ हुने बताएका छन् ।
Add Comment