नागरिकका आवश्यकतालाई प्राथमिकतामा राखेर न्यूनतम साझा कार्यक्रम ल्याउने

काठमाडाैँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारले नागरिकका आवश्यकतालाई प्राथमिकतामा राखेर न्यूनतम साझा कार्यक्रम ल्याउन लागेको बताएका छन् ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गदै  गृहमन्त्री लामिछानेले जनादेश अनुसार सरकारमा सहभागी दलहरूका एजेन्डालाई सम्बोधन गर्ने गरी न्यूनतम साझा कार्यक्रम आउन लागेको उल्लेख गरे ।

गृहमन्त्री  लामिछानेले सरकारमा सहभागी दलहरूको राजनीतिक पृष्ठभूमि फरक भए पनि जनतालाई प्राथमिकतामा राखेर सेवा दिने कुरामा सबै एकमत भएकाले कुनै विवाद नरहेको बताए ।