काठमाडौं । कलाकारहरुको साझा संस्थाका रुपमा चिनिएको नेपाल चलचित्र कलाकार संघको १९ औं अधिवेशन आउँदो चैत ४ गते हुने भएको छ । संघको सस्थापक समेत रहेका लेखक, निर्देशक एवं कलाकार मोहन निरौलाले यस पटक संघको अध्यक्षमा दावी गरेका छन् । हाल उपाध्यक्ष एवं प्रवक्ता समेत रहेका निरौलाले नेपाली चलचित्र क्षेत्र निकै नै योगदान पु¥याएका व्यक्ति हुन् । त्यसकारण पनि निरौलाले अध्यक्षका लागि दावी गरेको देखिनछ ।
यस अघि २०७६ जेठ २५ गते भएको निर्वाचनले रविन्द्र खड्कालाई तीन वर्षे कार्यकालका लागि निर्वाचित गरेको थियो । खड्काको पदावधि सकिए पछि आगामी तीन वर्षे कार्यकालका लागि चलचित्र कलाकार संघको निर्वाचन हुन लागेको संघद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
चलचित्र कलारकारहरुको हक हितका लागि भन्दै २०४६ साल भाद्र २३ गते संघको स्थापना भएको थियो । नेपाली चलचित्र क्षेत्रमा बेग्लै योगदान पु¥याएका मोहन निरौलाले तीन वर्षे कार्यकालका लागि दावी गरे पनि अन्य केही नयाँ पुस्ताले पनि अध्यक्षको दावी गर्ने तयारी पनि गरिरहेको छन् ।
Add Comment