कांग्रेसको निर्णयप्रति ओलीको आशङ्का

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मतको प्रस्तावमाथि कांग्रेसले दिन खोजेको समर्थनमा शंका व्यक्त गरेका छन् । अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वसाको मत कुनै फाइदाका लागि दिएको हो भने त्यो सफल नहुने बताए ।

प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्तुत गरेएको सरकारलाई विश्वासको मत दिने प्रस्तावमाथिको छलफलमा भाग लिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले कांग्रेसको सो निर्णयमा कुनै खालको जालझेल हुनसक्ने बताएको हो। उनले त्यो निर्णय कुनै जाल हो भने त्यसलाई सफल हुन नदिने चेतावनी दिए। त्यो जाल हो भने माछा नभएको खोलामा फ्याँके जस्तै हुने अध्यक्ष ओलीको भनाइ छ।

अन्य कुरा छैन भन्ने विश्वास छ । यदि यो समर्थन कुनै जाल होइन भने यो समर्थन ढोक्सा होइन भने स्वागतयोग्य छ । ढोक्सा हो भने भन्न चाहान्छु, जाल हो भने भन्न चाहान्छु माछा नभएको नदीमा जाल फ्याँकेको छ, उनले भने यसभित्र भोलिका निम्ती अरु खालको विशेष आग्रह सोचिएको छ भने ढोक्सा रित्तै हुने छ । त्यो ढोक्सा थापिएको खोला वा खोल्सीबाट कुनै माछा बग्ने छैनन् ।