घाटगद्दी गरिएका सालका गोलिया सामुदायिक वनबाटै गायब

काठमाडौं, असार । दाङको देउखुरीस्थित एक सामुदायिक वनको घाटगद्दीमा राखिएका सालका गोलिया गायब भएका छन् । लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीस्थित कर्री सामुदायिक वन उपभोक्ता समूहको करिब १०० क्वुफिट काठ हराएको हो ।

कर्री सामुदायिक वनका अध्यक्ष किशोरकुमार घर्तीले भने, ‘गाडिमै लोड गरेर काठ लगेको जस्तो देखिन्छ । कसले कहाँ लग्यो थाहा भएन ।’ उनले सव(डिभिजन वन कार्यालयमा रिपोर्ट गरिसकेको र थप अनुसन्धान सुरु भएको जानकारी दिए ।

जिल्ला वन कार्यालय दाङको आपूर्ति समितिलाई आर्थिक वर्ष ०७३÷७४ मा सो काठ छुट्याइएको थियो । तर आपूर्ति समितिले बिक्री गर्न नसकेपछि काठ पुनः वन समितिलाई फिर्ता आएपछि उपभोक्तालाई वितरण गर्ने निर्णय गरिएको थियो । आर्थिक वर्ष ०७५÷७६ को कटान काठसँगै वितरण गर्ने निर्णय गरिएको उक्त चोरी भएको हो ।

स्थानीयकै मिलोमतोमा काठ चोरी भएको हुनसक्ने आशंकामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।