प्रधानमन्त्री दाहाल र गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीबिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी बिच भेटवार्ता भएको छ ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा संघीयतालाई बलियो बनाउनेबारे कुराकानी भएको मुख्यमन्त्री अधिकारीले जानकारी दिए ।

प्रचण्डसँगको भेटमा भएको छलफलबारे जानकारी दिंदै अधिकारीले भने, ‘काम गर्ने सवालमा तपाईंको र मेरो स्प्रिट मिलेको छ, केन्द्र सरकार तपाईं हाक्नुस्, प्रदेश म हाँक्छु भनें ।’

भेटका अवसरमा संघीयताको मर्मअनुसार काम गर्नेबारे पनि कुराकानी भएको अधिकारीले जानकारी दिए । ‘संघीयतालाई बलियो बनाउँदै, संघीयताको मर्मअनुसार मिलेर काम गर्नुपर्छ भनेर पनि कुराकानी भयो,’ उनले बताए ।

प्रचण्डले असाधारण विश्वासको मत पाएकोमा आफूले बधाई दिएको र मुख्यमन्त्री बनेकोमा प्रचण्डले आफूलाई बधाई दिए। एमाले नेता अधिकारी पुस २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।

असाधारण विश्वासको मत पाउन आफूले पनि कोसिस गर्ने मुख्यमन्त्री अधिकारीले बताए । उनले भने ‘म पनि नेपाली कांग्रेस लगायतका दललाई विश्वासको मत दिन अपिल गर्छु,।