फुटबलमा टोट्टनहामको सफलता

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा टोट्टनहामले सफलता हात पारेको छ । सोमबार राति भएको खेलमा टोट्टनहामले फुलहामलाई उसैको मैदानमा १-० गोलले हरायो ।

टोट्टनहामको जितमा ह्यारी केनले निर्णायक गोल गर्नुभयो । केनले पहिलो हाफको इन्जुरी समयमा ह्युङ मिन सनको पासमा गरेको गोल टोलीको जितमा पर्याप्त बनेको थियो ।

जितसँगै २१ खेलबाट ३६ अंक बनाएको टोट्टनहाम पाँचौं स्थानमा छ । पराजित फुलहाम ३१ अंकसहित सातौं स्थानमा छ । चौथो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ३९ अंक छ ।

शीर्षस्थानमा रहेको आर्सनलको ५०, दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ४५ र तेस्रो स्थानमा रहेको न्युक्यासलको ३९ अंक छ । गोरखापत्र