खुकुरी देखाउँदै ओली, प्रचण्ड र देउवालाई ‘काट्छु’ भन्ने युवक पक्राउ

काठमाडौं, भदौ । प्रहरीलाई खुकुरी देखाएर प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड र शेरबहादुर देउवालाई काट्छु भन्ने एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराका सागर क्षेत्री रहेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत नेताहरुलाई गाली गरेको आरोपमा क्षेत्रीलाई बाराबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाकाको टोलीले पक्राउ गरेको हो ।

प्रधानमन्त्री ओली, प्रचण्ड र देउवालाई अपशब्द बोल्दै भिडियोमार्फत खुकुरी देखाउँदै काट्छु भनेका सागरलाई पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

पक्राउ परेका क्षत्रीलाई काठमाडौं ल्याइँदै छ ।

एसएसपी थापाका अनुसार नुवाकोटका पत्रकार शालिकराम पुडासैनी हत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई समर्थन गर्दै नेतालाई अपशब्द बोलेपछि क्षत्रीलाई पक्राउ गरिएको हो ।