बक्सिङ च्याम्पियनसिपमा जितेकी सुष्मालाई सरकारबाट ६ लाख पुरस्कार

काठमाडौं । थाइल्याण्डमा भएको एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी नेपाली बक्सर सुष्मा तामाङले सरकारबाट ६ लाख पुरस्कार पाउने भएकी छन् ।

फाइनलमा सुष्मा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग पराजित भएकी थिइन् ।

महिला ४८ केजी तौल समूहमा सुष्माले रजत जितेकी हुन् । एसियन बक्सिङ कन्फिडरेसनको मान्यताप्राप्त प्रतियोगितामा नेपालले रजत जितेको यो पहिलो जित हो ।