फेरिएला त माओवादीको नाम र पार्टीको झण्डा

Mandatory Credit: Photo by Narendra Shrestha/EPA/Shutterstock (7601449e) United Communist Party of Nepal (maoist) Leader Pushpa Kamal Dahal Known As Prachanda Speaks During a Protest Rally in Kathmandu Nepal 17 May 2009 More Than 30 000 Maoist Supporters Including Senior Leaders and Parliamentarians Staged a Huge Protest Rally Demanding the Resignation of President Ram Barna Yadav Who Refused to Dismiss Army Chief General Rookmangat Katawal the Maoists Accused Katawal of Refusing to Integrate 19 000 of Their Pla Fighters Into the Regular Army Nepal Maoist Demonstration - May 2009

काठमाडौं । सत्ताधारी नेकपा माओवादीले आफ्नो नाम परिवर्तन गर्ने संकेत गरेको छ । माओवादी केन्द्रको स्थायी कमिटीको वैठकमा अध्यक्ष प्रचण्डले पार्टीको नाम र झण्डा समेत फेर्ने गरी प्रस्ताव लगेका थिए ।

स्थायी कमिटीको वैठकमा अध्यक्ष दाहालले ‘संरचनागत, विधि र पद्धति, नाम र चिह्न लगायतका विषयलाई आमूल परिवर्तन गर्दै वर्तमान जनमनोविज्ञान, भू–राजनीतिक व्यवस्थालाई एवं प्रतिस्पर्धा समेत ध्यानमा राखी सुदृढ र व्यवस्थित कम्युनिष्ट पार्टी निर्माणमा लाग्न पनि पार्टीको नाम र झण्डा फेर्ने प्रस्ताव गरिएको वैठकमा अनुमोदन भएको बताइएको छ ।

दाहालको यो प्रस्ताव माओवादी स्थायी समिति बैठकले पास गरेपछि माओवादी अब नाम र चुनाव चिह्न फेर्ने निर्णयमा पुगेको छ ।