काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । आज बिहान बालुवाटार पुगेर सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
दुवैबीच राष्ट्रपति निर्वाचन लगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी प्रचण्ड नेतृत्वको सरकारको सत्ता साझेदार दल भित्र पर्छ ।
Add Comment