लुम्बिनीका नवनियुक्त मन्त्री भण्डारीलाल अहिरले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले पद तथा गोपनियताको सपथ लिएका छन् ।

आइतबार मन्त्रीमा नियुक्त हुनुभएका अहिरले सोमबार पद तथा गोपनियताको सपथ लिएका हुन् । अहिर जनता समाजवादी पार्टीका तर्फबाट मन्त्रीमा नियुक्त भएका हुन् । अहिर मुख्यमन्त्री लिला गिरीको सिफारिसमा मन्त्रीमा नियुक्त भएका हुन् ।

नवनियुक्त मन्त्री अहिरलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनियताको सपथ गराएका थिए । अहिर जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेश संसदीय दलको नेता समेत हुन्।