काठमाडौँ । राष्ट्रपति पदमा उम्मेदवारीका विषयमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूबीचको छलफल भएको छ ।
सिंहदरबारमा आज बसेको बैठकमा राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति बनाउनेबारे छलफल भएको थियो । तर बैठक निष्कर्षमा पुग्न नसकेको नेकपा (एकीकृत समाजवादी) का नेता प्रकाश ज्वालाले जानकारी दिए । । उनले भने, “हामीले राष्ट्रपति निर्वाचनका सन्दर्भमा व्यापकरूपमा छलफल ग¥यौँ, हामीले हाम्रो पार्टीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बनाउनका लागि प्रस्ताव पनि ग¥यौँ तर केही निर्णय हुन सकेको छैन ।” वाम–समाजवादी मोर्चा बनाएर जाने विषयमा पनि छलफल भएको उनको भनाइ छ ।
राष्ट्रपतिका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुको बैठक बसेको हो । बैठकमा माओवादी केन्द्रबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरू नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा र शक्ति बस्नेत, एकीकृत समाजवादीबाट अध्यक्ष नेपाल, नेताहरू बेदुराम भुसाल, घनश्याम भुसाल र प्रमेश हमाल तथा जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ सहभागी भएका थिए ।
निर्वाचन आयोगले यही फागुन १३ गते राष्ट्रपतिको मनोनयन दर्ता र फागुन २५ मा राष्ट्रपतिको निर्वाचनको तालिका तय गरेको छ ।
Add Comment