बैकको ब्याज नतिर्ने आन्दोलनले बैक सिइओहरुलाई तनाव, निक्षेप फिर्ता मागे बैकहरु डुब्ने संकेत

काठमाडौं । पछिल्लो समय बैंकहरुले लिएको चर्को व्याज र ऋण तिर्न नसकेका ऋणिहरुको आन्दोलन चलिरहेका बेला दुर्गा प्रसाइँ जस्ता चरित्रका व्यक्तिहरुले वैंकलाई ऋण नतिर्न र लघुवित्त संस्थाका कर्मचारीलाई भाटा हान्न उक्साईरहेका छन् । यही उक्साहटमा ऋण लिएकाहरु लाग्न सक्ने भन्दै वैक तथा वित्तिय संस्थाहरुले सुरक्षा माग समेत गरिसकेको छन् । बैकहरुले अहिले निश्चित सिण्डिकेट भित्र बसेर रमाईरहेका बेला प्रसाई जस्ता व्यक्तिहरुले उक्साएकाहरुबाट खतरा बढ्नु स्वभाविकै हो ।

बैकहरुले वास्तविक रुपमा नै ऋण लिएर व्यवसाय गर्नेहरुलाई मर्नु र बाँच्नुको अवस्थामा पु¥याएको यथार्थ हो । बैकका सिइओहरुको हर्कत कै कारण वर्तमान अवस्था सिर्जना भएको छ । भ्रमपूर्ण समाचार र विज्ञापनमा रमाएका वैकहरुले गरेका कर्तुतहरु वास्तविक रुपमा नै सार्वजनिक हुने हो भने बैक सिईओ तथा अध्यक्षहरु भाग्नु पर्ने अवस्था पक्कै आउने छ ।
कुनै बेला सञ्चार माध्यमहरुले समाचार लेखेकै कारण विगतमा केही विकास वैकहरुमा निक्षेपकर्ताहरुले आफ्नो रकम फिर्ता माग्दा जुन अवस्था सिर्जना भएको थियो अहिले त्यही अवस्था सिर्जना हुने देखिएको छ ।

आफूलाई देशभरी ठूलो सञ्जाल भएको भन्दै निक्षेपकर्ताहरुको आँखामा छारो हाल्ने बैकहरु पछिल्लो समय निकै त्रसित भएका छन् । केही डिजिटल सञ्चार माध्यमहरुलाई त बैकहरुले आफ्नो मुख पत्र नै बनाईरहेका छन् । जसले गर्दा वास्तविक वैकिङ सूचनाहरु निक्षेपकर्ताहरुले थाहा नै पाउँदैनन् । समाचार भन्दा पनि विज्ञापनकै शैलीमा प्रकाशित हुने त्यस्ता सामग्रीले न त बैक तथा वित्तिय सस्थाको विकास हुन्छ न त निक्षेपकर्ताहरु कै निक्षेमको सुरक्षा ।

बैकहरुमा पछिल्लो समयमा देखिको त्रासलाई मलम लगाउने भन्दै ‘नेशलन एकाडेमी फर फाईनान्सियल सर्भिस’ नामक प्राइभेट कम्पनीले अहिले बैक रहे निक्षेमकर्ता रहन्छ, बैक चले उद्योग व्यवसाय चल्छ भन्दै बैकको बचाउ गर्न लागेको देखिन्छ । नेपालमा हिजो एउटा दुईटा नेपाली बैक हुँदा पनि उद्योग चलेकै थियो । निक्षेपकर्ताहरुले निक्षेप गरेकै थिए । अहिले निक्षेप कर्ताहरुको रकममा मोज गर्न पल्किएका बैकर्सहरुबाट निक्षेपकर्ताहरुले अपेक्षा गर्नु निकै नै ठूलो भूल हुन जाने छ ।