उपराष्ट्रपति मैले जित्छु: अष्टलक्ष्मी शाक्य

काठमाडौँ – उपराष्ट्रपति पदकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले आफू निर्वाचित हुनेमा ढुक्क रहेको बताएकी छन्।

उपराष्ट्रपतिको निर्वाचन स्थलमा सञ्चारकर्मीहसँग उनले आवश्यकताको कारण आफू उपराष्ट्रपतिमा उठेको बताएकी हुन्।
पुरुष राष्ट्रपति बनाइसकेपछि उपराष्ट्रपतिमा महिला नउठाएर सत्ता गठबन्धनका दलहरुले संविधानको गलत ट्रेन बसालेको टिप्पणी गरेकी छन्।

उम्मेदवार शाक्यले अहिले संविधानतः पुरुष उम्मेदवार बनाउनै नहुने संविधानको मर्मलाई मारेर संविधानको भावनाअनुरुप गलत ट्रेन बसाएको आरोप लगाइन्।

‘यो मेरो चाहनाको विषयभन्दा पनि आवश्यक्ताको विषय हो। पार्टीले पनि त्यो आवश्यक्ता महशुस ग¥यो, स्थितिले पनि महशुस गरायो।’ उनले भनिन्।

अहिले मतदान जारी छ। निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता छन्।