१० गतेसम्ममा सरकारले पूर्णता पाउने प्रधानमन्त्रीको भनाई

काठमाडौं । चैत्र १० गते सरकारले पूर्णता पाउने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । शुक्रबार लगानी बोर्डको बैठकपछि प्रधानमन्त्री दाहालले यस्तो सो प्रतिक्रिया दिएका हुन् ।

उनले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीनरचार दिनसम्ममा सरकारले पूर्णता पाउने बताए । प्रधानमन्त्री दाहालले शुक्रबार उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरुसँग बसेर सत्ता बिस्तारको बारेमा पनि छलफल गर्ने बताए । प्रधानमन्त्री दाहालले सरकार बिस्तार हुन कुनैपनि अफ्ठ्यारो नरहेको जानकारी दिए ।