सत्ताको भागबण्डा मिल्यो, आज दिउँसो ३ मन्त्रीले शपथ लिने

काठमाडौँ । सत्ता गठवन्धनका दलहरु बीच मन्त्री पदका लागि भाबबण्डा मिलेसँगै आज दिउँसो ३ बजे नयाँ मन्त्रीहरुले शपथ लिने भएका छन् । सत्ता साझेदार दलहरु वीच मन्त्री पदको भागबण्डा मिल्न नसक्दा सरकारले पूर्णता पाएको थिएन । विहिबार सत्तामा पुगेका दलहरु वीच सहमति र भागबण्डा मिलेपनि आजबाट भने सरकाले पूर्णता पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासले नयाँ मन्त्रीको शपथ आज दिउँसो ३ बजे हुने जनाएको छ ।

सत्ता साझेदार १० दलले मन्त्री बन्नेहरूको नाम प्रधानमन्त्रीलाई दिइसकेका छन् । नेपाली कांग्रेसबाट आठ मन्त्री, माओवादी केन्द्रबाट एक जना, एकीकृत समाजवादी र जसपाबाट २(२ जना, लोसपा, नागरिक उन्मुक्ति, नेसपा र आमजनता पार्टीबाट एक÷एक जना मन्त्री मन्त्रीले शपथ लिने छन् ।