राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार राती आकस्मिक विरामी भएका कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका छन् । शिक्षण अस्पतालको डिउटी अधिकृतका अनुसार पौडेलेको पेटमा समस्या आएपछि अस्पताल भर्ना हुनु परेको हो । पौडेल अहिले चिकित्सकको निगरानीमा रहेको अस्पतालले जनाएको छ ।