युवा नेता ठाकुर गैरे भन्छन्,‘मिटरब्याज पीडितसँग गरिएको सम्झौता धोका हो’

काठमाडौं। कुनै बेला विद्यार्थी नेताका रुपमा चर्चित थिए, ठाकुरे गैरे । अहिले उनी प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद छन् । शनिबार सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न आयोग गठन गर्ने सरकारको तयारीप्रति पीडितमाथि धोका भएको संकेत गरेका छन् ।

आइतबार प्रतिनधिसभाको शून्य समयमा बोल्दै सांसद गैरेले शनिवार सरकारबी वार्ता टोली र पीडितहरुको वार्ता टोलीबीच भएको पाँच बुँदे सहमतिलाई उनले धोकाधडीको संज्ञा दिए ।

‘यो मिटरब्याजीहरुबाट पीडित भएका नागरिकहरुमाथि फेरि अर्को धोकाधडी भएको छ । एउटा आयोगको प्रतिवेदन थन्काएर फेरि अर्को आयोग गठन गरेर यो विषयलाई लम्ब्याउने, अलमल्याउने र पीडकहरुलाई उन्मुक्ति दिनेतर्फ जुन काम भएको छ । यो करेक्सन हुनुपर्छ र तत्काल पीडकहरुले कारबाही पाउनुपर्छ।’ सांसद गैरेले भने ।