महासंघको नयाँ कार्यसमितिका लागि मतदान सुरु

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमिति चयन गर्नका लागि मतदान सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु हुने भनिए पनि त्रिपक्षीय सहमति जुट्न नसक्दा ढिलो गरी मतदान सुरु भएको हो ।

महासंघको कार्यसमिति सदस्यमा ४ जना सर्वसम्मत निर्वाचित भइसकेका छन् । चुनावमा ६४ पदका लागि १ सय १७ जनाको उम्मेदवारी परेको छ । यसमध्ये ५ जना निर्विरोध भएका छन् ।

कमलादीको प्रज्ञाप्रतिष्ठानमा सुरु भएको मतदान बेलुकी चार बजेसम्म जारी रहने महासङ्घ निर्वाचन समितिले जनाएको छ ।

महासङ्घको निर्वाचन कार्यतालिका अनुसार आज साझबाटै मतगणना सुरु हुने जनाइएको छ । महासङ्घको जिल्ला नगर उद्योग वाणिज्य संघतर्फ १ सय १८ वस्तुगततर्फ १ सय २३ र एसोसिएटतर्फ १७ सय ४८ मतदाता छन्।