चलचित्र ‘नाई नभन्नू ल ६’ को प्रदर्शन रोकियो

काठमाडौँ । नेपाली चलचित्र ‘नाई नभन्नू ल ६’ को प्रदर्शन रोकिएको छ । उक्त चलचित्र आगामी वैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गरेको थियो । चलचित्रको निर्माण टिमले नयाँ प्रदर्शन मिति भने घोषणा गरिसकेको छैन ।

चलचित्रका निर्माता मध्ये सञ्जय न्यौपानेविरुद्ध चलचित्र विकास बोर्डमा जाहेरी परेका कारण बोर्डले सेन्सर सिफारिसको प्रक्रिया अगाडि नबढाएपछि चलचित्रलाई निर्धारित मितिमा प्रदर्शन गर्न नसकिएको निर्देशक विरासराज अचार्यको भनाइ छ ।

आख्यान फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल रहेका छन् । चलचित्रको निर्मातामा सञ्जय न्यौपाने, रमेश चौधरी र पुरुषोत्तम प्रधान कार्यकारी रहेका छन् ।

चलचित्रमा आशिर्वाद क्षेत्री, आँचल शर्मा, अनुभव रेग्मी केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल, अनुभव रेग्मी र अथर्व उप्रेती लगायतको अभिनय रहेको छ ।