किन रोकियो उद्योग वाणिज्य महासंघको मतदान ?

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको मतदान रोकिएको छ । जिल्ला नगरका मतदाता तथा समर्थक एसोसिएटको मतदान स्थलमा होहल्ला गर्न आएपछि मतदान रोकिएकाे  हो ।

महासंघको नयाँ कार्यसमिति (२०८०–०८३) चयनका लागि आज बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान प्राविधिक तयारी नपुगेको भन्दै २ घण्टा ढिला सुरु भएको थियो ।

निर्वाचनमा मोबाइल, प्रज्वलनशील पदार्थ निषेध गरिएको छ । जिल्ला नगर र वस्तुगततर्फ १ र एशोसिएटतर्फ ३ वटा बुथ कायम गरिएको छ ।

महासंघको कार्यसमिति सदस्यमा ४ जना सर्वसम्मत निर्वाचित भइसकेकाले निर्वाचनबाट १ वरिष्ठ उपाध्यक्ष, ३ उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चुनिने छन् ।