एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र यूएई भिड्दै

काठमाडौँ । एसीसी प्रिमियर कपको फाइनल खेलमा आज नेपाल र यूएई भिड्दैछ । कीर्तिपुरस्थित खेल मैदानमा बिहान ९ बजे खेल सुरु हुनेछ ।

आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ । सेमिफाइनलमा कुवेतलाई पछि पार्दै नेपालले फाइनलमा प्रवेश गरेको हो ।

त्यस्तै यूएईले ओमानलाई पाखा लगाएको थियो । नेपाल हालसम्म यो प्रतियोगितामा अपराजित रहेको छ ।