सुनको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौँ । आज बिहीबार सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड राखेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

२०७९ चैत २२ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख १० हजार ६ सयमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार १२ सय रूपैयाँले बढेर १ लाख ११ हजार ८ रूपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन प्रतितोला १ लाख ११ हजार २ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । सैगरी, चाँदीको मूल्य २० रूपैयाँले बढेर १ हजार ४ सय ४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।