कसैले बिना प्रमाण भ्रष्टाचार गर्यो भनेर आरोप लगाउनु भन्दा प्रमाण जुटाउनु होला : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले कसैले बिना प्रमाण भ्रष्टाचार गर्यो भनेर आरोप लगाउनु भन्दा प्रमाण जुटाउनु अनुरोध गरेका छन् ।

मेयर बालेनले महानगरपालिका कार्यालयमा कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाण सहित ह्वाट्सएपमा सम्पर्क गर्न अनुरोध गरेका हुन् ।

शाहले अडियो र भिडियो प्रमाणसहित सम्पर्क गर्न ह्वाट्सएप नम्बर दिएका छन् । ‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौ , हाम्रो अधिकार क्षेत्र काठमाडौ महानगर पालिका कार्यालयमा कुनै नि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाण सहित हामीलाई सम्पर्क गर्नु होला भिडियो अडियो सहित,’ उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘कसैले बिना प्रमाण यस्ले यति भ्रस्टाचार गर्यो भनेर आरोप लगाउनु भन्दा पनि प्रमाण जुटाउनु होला ।’

महानगरका कर्मचारीले भ्रष्टाचार गरेमा अडियोरभिडियो प्रमाणसहित 9863592011  मा ह्वाट्सएप गर्न सकिने छ । यो नम्बर बालेनले मात्रै प्रयोग गर्ने हुँदा पठाउने को नाम गोप्य राखिने बताइएको छ ।