काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थनबारे आफ्नो पार्टीले बजेटपछि पुनर्विचार गर्ने बताएका छन् ।
राउतले आफूहरूले बजेटलाई असर नपर्ने गरी मात्र निर्णय लिने समेत बताए। सरकारलाई दिएको समर्थन फिर्ता लिने या सरकारमा जाने भन्नेमा तत्काल कुनै निर्णय नहुने उनले बताए।
‘हामी अहिले सरकारमा जाने विषयमा कुरा नमिलेको र सरकारलाई दिएको समर्थन पनि कायम राखेको अवस्थामा छौं। अझै केही समय यसरी नै रहन्छौं,’ उनले भने,‘बजेटमा कुनै डिस्टर्ब नहोस् भनेर यस्तो गरेको हो। त्यसपछि पार्टीको बैठक बसेर आवश्यक निर्णय लिन्छौं।’
प्रतिनिधि सभामा जनमत पार्टीका तर्फबाट ६ जना सांसद छन्।
मधेस प्रदेशमा पनी जसपाले सकारबाट हटाउन चाहेको बाहेक अरू विषय आफूले थाहा नपाएको उनले बताए।
Add Comment