‘भुटानी शरणार्थी प्रकरणमा ठूला दलबीच सहमति भएको देखियो’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भूटानी शरणार्थी प्रकरणमा ठूला दलबीच सहमति भएको बताए ।

बिहीबार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको नक्कली भूटानी शरणार्थी भ्रष्टाचार प्रकरणको विरोध सभामा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो आरोप लगाएका हुन् । अध्यक्ष लिङ्देनले जनता बेच्ने भ्रष्टाचार ठूला दलहरुको सर्वदलिय सहमतिमा पुग्नु लज्जास्पद र दुःखदायी रहेको बताए । उनले विश्व जगतमा नेपालको बद्नाम भएको भन्दै नेपालको शिर झुकेको बताएका छन् ।

उनले भ्रष्टाचारमा सग्लन कुनैपनि मानिसहरुले उन्मुक्ती पाउनु नहुने बताएका छन् । नक्कली भुटानी शरणार्थी काण्डमा आकर्षित हुने सबै प्रकारका मुद्दाहरु चल्नुपर्ने उनको भनाई छ । अपराधमा संलगनहरुलाई राज्य विरुद्धको अपराध, ठगि, संगठित अपराध र सरकारी दस्तखत कृत्य सम्बन्धिको अपरा मुद्दाहरु चलाउन उनले आग्रह गरे । उनले राप्रपा कुनै पनि भ्रष्टाचारीले उम्कने कुराको पक्षमा नरहने भन्दै भ्रष्टाचार र हिंसाको राजनीतिले ढिलो चाँडो दण्डित हुनुपर्ने बताए ।