नक्कली शरणार्थी प्रकरण : अदालत लगियो अभियोग पत्र

काठमाडौं । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पक्राउ परेकाविरुद्ध अदालतमा अभियोजन दर्ता गर्न लगेको छ ।

कार्यालयले अभियोग पत्र काठमाडौँ जिल्ला अदालत लगिएको सरकारी वकिलको कार्यालयका प्रवक्ता लक्ष्मण घिमिरेले जानकारी दिए ।

अभियोजनका लागि गठित आठ सदस्यीय समितिले प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजन पत्र तयार गरेको हो ।