आज ए डिभिजन लिगमा दुई खेल हुने

फाईल तस्बिर

 

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा बिहीबार दुई खेल हुँदैछन्। खेल आज दिउँसो ३ बजेबाट एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछन्।

एन्फा कम्प्लेक्समा रोयल ब्लु सातदोबाटो युथ क्लब र फ्रेण्ड्स क्लबबीच खेल हुनेछ भने च्यासलमा मनाङ मर्स्याङ्दी क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल हुनेछ।