भोलि सार्वजनिक विदा

काठमाडौं । भोलि सार्वजनिक विदा हुने भएको छ ।सोमबार भोलि गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा हुने भएको हो ।

सरकारले गणतन्त्र दिवसको दिन हरेक वर्ष सार्वजनिक विदा दिँदै आएको छ ।

२०६२/६३ को जनआन्दोलन सफल भएपछि गठित संसदको ०६५ जेठ १५ गते बसेको पहिलो बैठकले नेपाललाई औपचारिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरेको थियो । राजसंस्था अन्त्य गर्दै गणतन्त्र घोषणा गरिएको उक्त दिनको सम्झनामा हरेक जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा त्यसयता मनाइँदै आएको छ।