नेकपामा दाहाललाई ओलीले दिए समानान्तर कुर्सी, अव नलगाउलान् कि घुर्की !

काठमाडौं । सत्ताधारी दल नेकपाका दुई अध्यक्षवीचको शक्तिा बाँढफाँढका विषयलाई लिएर भएको आन्तरिक कलह अव केही खुकुलो हुन्छ कि भन्न आशा लिएको छ । नेकपा भित्र दुई अध्यक्ष भएको भएपनि सँधै सचिवालय वैठकमा केपी शर्मा ओली एकल अध्यक्ष जस्तो गरेर वैठकमा कुर्सी व्यवस्थापन गरिँदै आइएको थियो ।

दुई अध्यक्ष भएपनि वैठकमा एक अध्यक्ष जस्तै देखिएकाले मन दुखाएका अर्को अध्यक्ष पुष्पकमल दाहाल आजको सचिवालय वैठकमा भने प्रशन्न देखिएका थिए ।

प्रधानमन्त्री ओलीले पद त्याग्नु पर्ने माग राख्दै आईरहेका पुष्पकमल दाहाललाई आजको वैठकमा आफूसँगै समानान्तर कुर्सी दिएपछि प्रचण्डको मन खुशी भएको सचिवालयमा रहेका पूर्व एमाले नेताहरुले अनुभव गरेका छन् ।

आजको वैठकमा अध्यक्ष ओलीले अर्का अध्यक्ष दाहाललाई समानान्तर कुर्सी दिएर गुन लगाएका छन् वैठक पनि सहज रुपमा सञ्चालन भएको देखिन्छ । यद्यपी कुर्सीका लागि प्रचण्ड आफू विरुद्ध लागेको अनुमान गरेका ओलीले समानान्तर कुर्सी राखिदिएपछि बल्ल नेकपाको दोश्रो वरियताको अध्यक्ष अनुभूति गरेका छन् प्रचण्डले ।

तात्कालिन नेकपा माओवादीमा रहँदा सँधै नेतृत्व गरिरहेका र वैठकको अध्यक्षता गरिरहेका दाहाल अहिले पार्टी एकीकरण गरेपछि ओलीको व्यवहारका कारण आफूलाई असहज लिईरहेका मात्र थिएनन् । पार्टीभित्रको आफ्नो हैसियतद कागजमा मात्र अध्यक्ष जस्तो भएको भान गरिरहेका थिए । हुन पनि पूर्व एमालेका नेताहरु पूर्व माओवादीका नेताहरुलाई आफ््नो नेताका रुपमा स्वीकार गर्न नै चाहँदैनन्।

पूर्व एमालेले पूर्व माओवादीको साख जोगाइदिएको जस्तै गर्ने गरेका कारण पनि पार्टी एकीकरणको यो अवस्थासम्म आईपुग्दा पनि एक अर्काको अस्तित्व स्वीकार गरेको देखिँदैन ।

जे होस् सत्ता र कुर्सी मोहमा रहेका नेकपाका धेरै नेताहरु मध्ये नेकपामा दोश्रो अध्यक्ष पुष्पकमल दाहाललाई ओलीले कुर्सी दिएको छन । समानान्तर रुपमा आफ्नो छेउमा राखेका छन् प्रचण्ड दंग छन् । अव पार्टी भित्रको किचलो प्रचण्डले नै व्यवस्थापन गर्न अघि सर्ने अनुमान नेकपा भित्र गर्न थालिएको छ ।