नेपालका लागि छुट्यो कार्गो रेल

काठमाडौँ । भारतको बथनाहबाट नेपालको विराटनगरका लागि कार्गो रेल छुटेको छ ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी मोदीले संयुक्त रुपमा उद्घाटन गरेपछि कार्गो रेल छुटेको हो ।