४३ वर्षपछि मुख्य उपाधि जित्यो वेस्ट ह्यामले

काठमाडौं । इंग्लिस क्लब वेस्ट ह्यामले युरोपा कन्फरेन्स लिगको उपाधि जितेको छ। वेस्ट ह्यामले ४३ वर्षपछि मुख्य उपाधि जित्न सफल भएको हो।

बुधबार राति भएको उपाधि भिडन्तमा इटालियन क्लब फिओरेन्टिनालाई २-१ गोलले पराजित गर्दै वेस्ट ह्याम युरोपा कन्फरेन्स लिग च्याम्पियन बनेको हो।

खेलको ६२ मिनेटमा बेन्राम्माको पेनाल्टी गोलबाट वेस्ट ह्यामले अग्रता लियो। बोनाभेन्टुराले ६७ मिनेटमा फिओरेन्टिनाका लागि बराबरी गोल फर्काए।

खेलको अन्तिम मिनेटमा बोओनले गोल गरेपछि वेस्ट ह्यामले जित निकाल्यो।

पछिल्लो पटक उसले १९८० मा एफए कप जितेको वेस्ट ह्याम यो जितसँगै युरोपा लिगका लागि समेत छनोट भएको छ।