काभा भलिबल : नेपालले मंगोलियाको सामना गर्दै

काठमाडौं । ल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको पहिलो खेलमा नेपालले मंगोलियाको सामना गर्दैछ।

किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले आज आइतबार मंगोलियाको सामना गर्नेछ। नेपाल र मंगोलियाबीचको खेल दिउँसो १ः४५ बजे सुरु हुनेछ। नेपाल हरिहजुर थापाको कप्तानीमा मैदान उत्रनेछ।

काभा नेसन्स लिगमा नेपालसहित ७ टोली सहभागि छन्। नेपालले दोस्रो खेलमा सोमबार किर्गिस्तान सँग खेल्ने तालिका रहेको छ। नेपालले तेस्रो खेलमा मंगलबार इरान, चौंथो खेलमा बिहीबार तुर्किमिनिस्तान र अन्तिम तथा पाँचौं खेलमा किर्गिस्तानको ’बी’ टोलीसँग खेल्ने छ।

नेपाली टोली शनिबार किर्गिस्तान पुगिसकेका छन् । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ। यस्तै तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।