काठमाडौं । कालिमाटी तरकारी बजारका व्यापारीहरुले उचित मुल्य नपाएको भन्दै गोलभेंडा सडकमा फ्याँकेका छन् ।
आइतबार बजारमा खपत हुन छाडेको भन्दै किसान र व्यापारीहरुले बजार परिसरभित्र गोलभेंडा फ्याँकेका हुन् ।
कालिमाटी थोक तथा खुद्रा बजार समितिका अनुसार आइतबार बिहान करिब ३० हजार किलो गोलभेंडा सडकमा फ्याँकेर विरोध गरिएको छ ।
कालिमाटी बजार बिकास समितिले आइतबारका लागि सानो गोलभेंडाको थोक बिक्री मूल्य ८ रुपैयाँ प्रतिकिलो तोकेको छ । तर,काठमाडौंमा खुद्रा बजारमा प्रतिकिलो न्युनतम ३० रुपैयाँसम्म गोलभेंडा बिक्री भइरहेको छ ।
कालिमाटीकै केहि तरकारी व्यापारीहरुले भने मुल्य बढाउन यसो गरिएको आशंका गरेका छन् । तर गोलभेंडा फालेका व्यापारीहरुले भएन किलोको ४ रुपैयाँमा पनि गोलभेडा बिक्रि नभएको दाबी गरेका छन् ।
यस अघि केहि महिना अघि उचित बजार मुल्य नपाएको भन्दै चितवनका किसानले पनि गोलभेंडा सडकमा फ्याँकेका थिए ।
Add Comment