काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा समाजवादी मोर्चा गठनका लागि बैठक बसिरहेको छ । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाको बैठकमा सहभागिता रहेको छ ।
मोर्चा गठनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका अध्यक्ष माधव नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्दबीच छलफल भइरहेको छ ।
भोलि वा पर्सी मोर्चा घोषणा हुने तयारी गरिएको स्रोतले जनाएको छ । मोर्चा गठनको लागि माओवादीका प्रवक्ता कृष्णबहादुर महरा, जसपाका नेता राजेन्द्र श्रेष्ठ र नेकपा एसका नेता राजेन्द्र पाण्डेले जिम्मेवारी पाएका छन् ।
Add Comment