वामदेव र ओली बिच भेटबार्ता : एमालेमै फर्किएर काम गर्ने तयारी

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न च्यासल पुगेका छन्।

एमाले अध्यक्ष ओली र एकता अभियानका संयोजक गौतमबीच आइतबार एमाले मुख्यालयमा भेट भएको हो। एमालेले ६० वर्षे उमेर हदल निलम्बन गरेपछि वामदेव एमालेमा फर्कन राजी छन्।

आइतबार अध्यक्ष ओलीसँग भेटेपछि उनी झन् उत्साहित भएको र एमालेमा फर्किएर काम गर्न तयार रहेको बताएको नेताहरूले बताएका छन्।

उनले अघिल्लो असार १४ गते नेकपा एकता राष्ट्रिय अभियानलाई पार्टीको रूप दिएका थिए।

अध्यक्ष ओलीले संसद् विघटन गरेपछि गौतमले २०७७ पुस २५ गते नेकपा एकता राष्ट्रिय अभियानको थालनी गरेका थिए।