ओमानलाई आयरल्यान्डले दियो २८२ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोट प्रतियोगितामा आयरल्यान्डले ओमानलाई २८२ रनको लक्ष्य दिएको छ ।

सोमबार जिम्बाब्वेको बुलावायो एथलेटिक क्लबमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको आयरल्यान्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २८१ रन बनायो ।

आयरल्यान्डका लागि डकक्रेलले अविजित ९१ रन जोडे । डकक्रेलले ९८ बलमा सात चौका र दुई छक्का प्रहार गरे । टेक्टरले ८२ बलमा पाँच चौकासहित ५२ रन बनााए । लोर्कान टकरले २६ र पाउल स्टर्लिङले २३ रनको योगदान गरे । एन्डी म्याकब्रेन र गारेथ डेलेनीले समान २० रन जोडे ।

ओमानका विलान खान र फयाज बटले समान दुई विकेट लिए । जिशम मक्सुद, आयान खान र जय ओडेड्राका नाममा एक÷एक विकेट रह्यो ।

छनोट प्रतियोगितामा आयरल्यान्ड र ओमान समूह ‘बी’मा छन् । यो समूहमा श्रीलंका, युनाइटेड अरब इमिरेट्स ९यूएई० र स्कटल्यान्ड समेत छन् ।

आजै अर्को खेलमा श्रीलंकाले यूएईसामु ३५६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

प्रतियोगिताको पहिलो दिन समूह ‘ए’अन्तर्गत जिम्बाब्वेले नेपाललाई आठ विकेटले हराएको थियो । दुईपटकको विश्व विजेता वेस्ट इन्डिजले अमेरिकालाई ३९ रनले पराजित गरेको थियो ।

दुवै समूहका शीर्ष तीन टिमले प्रतियोगिताको सुपर–६ मा स्थान पक्का गर्नेछन् । सुपर–६ बाट शीर्ष दुई टिमले भारतमा हुने विश्वकपमा स्थान पक्का गर्नेछन् ।