हर्क साम्पाङ भन्छन् : सुगौली सन्धिमा नेपालले गुमाएको भूमि भारतले फिर्ता गर्नुपर्छ

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुगौली सन्धिमा नेपालले गुमाएको भूमि भारतले फिर्ता गर्नुपर्ने बताएका छन् ।

फेसबुकमा उनले सुगौली सन्धि भारतसँग नभई इस्ट इन्डिया कम्पनीसँग भएकाले उल्लेख गर्दै अहिले ब्रिटिस राज नै भारतमा नहरेपछि सन्धि समाप्त भएको बताएका छन् ।

‘ब्रिटिस साम्राज्यसँग भएको सन्धिमा गुमेको भूमि भारतले फिर्ता गर्नुपर्छ’ उनले भनेका छन्, त्यो सन्धि भारत सङ्ग भएको होइन ब्रिटेन सङ्ग भएको थियो १ अब भारतमा ब्रिटिस राज नरहे सङ्गै त्यो सन्धि पनि स्वतः समाप्त भई भूमि नेपालमै फर्कनु पर्छ ।’ मेयर साम्पाङले आफूले १५ वर्षदेखि यो विषय उठाउँदै आएका पनि बताएका छन् ।