ब्राउन सुगर सहित दुइजना पक्राउ

काठमाडौं । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगर–१५ स्थित रातोमाटेबाट खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारत मोतिहारी–४ बस्ने १७ वर्षीय धिरज कुमार र बाराका १४ वर्षीय विष्ण कुमार रहेको बागमती प्रदेश प्रहरीले जनाएको छ ।

बुधबार पथलैयाबाट हेटौंडा आउदै गरेको ना.१ ज ८६८८ नम्बरको माईक्रोलाई चेक जाँच गर्दा माईक्रोमा सवार धिरजको साथबाट अन्दाजी ५र६ ग्राम खैरो हिरोइन बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।