नेपाललाई पाँचौ सफलता, ललितले लिए विकेट

काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत वेस्ट इन्डिज विरुद्धको खेलमा नेपाललाई पाँचौ सफलता मिलेको छ।

जिम्बावेको हरारे रंगशालामा भइरहेको खेलमा नेपालका लागि ललित राजवंशीले पाँचौ विकेट लिएका हुन्। उनले रोवमन पावेललाई २९ रनमा आउट गरेका छन्।

यसअघि नेपालका लागि करण केसी, गुल्सन झा, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिएका थिए।

४८ ओभरको खेल सकिँदा वेस्ट इन्डिजले ३१८ रन जोडेको छ।