वेस्ट इन्डिजविरुद्धको खेलमा आरिफ शेखले बनाए अर्धशतक

काठमाण्डौ । आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनोटमा वेस्ट इन्डिजसँगको खेलमा नेपालका आरिफ शेखले अर्धशतक बनाएका छन् ।

आरिफले ८७ बलमा ३ चौका प्रहार गर्दै अर्धशतक बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको यो छैटौँ अर्धशतक हो । अहिले नेपालले वेस्ट इन्डिजले दिएको ३ सय ४० रनको लक्ष्य पछ्याइरहेको छ । यो समाचार तयार पार्दासम्म नेपालले ४३ ओभरमा ६ विकेट गुमाएर १ सय ९२ रन बनाएको छ । आरिफलाई गुलसन झाले साथ दिइरहेका छन् । गुलसन ३८ रनमा खेलिरहेका छन् ।