हामी राष्ट्रीयताको नाममा आफू आफू लड्न थाल्यौं : दीपकराज गिरी

काठमाडौं ।  हास्य कलाकार दीपकराज गिरीले पछिल्लो समय हामी राष्ट्रीयताको नाममा आफू आफू लड्न थालेको बताएका छन्  । यसले भोक र गरिबीलाई एकातिर छाडेर मुद्दा अन्तै मोड्ने जिकिरसमेत गरेका छौं ।

दीपकले दलहरूको वितृष्णाका कारण नयाँ व्यक्ति र शक्ति उदाएको भएपनि उनीहरूबीच नै को बढी राष्ट्रवादी भन्ने प्रतिस्पर्धा चलेको टिप्पणी गरेका छन् ।

फेसबुकमा यस्तो स्टाटस लेखेका छन् :

आज म लेख्दैछू….
मलाइ लाग्छ हामि गम्भीर मोड़मा आइपुगेका छौ!
बास्तवमा जुन प्रकारको जनअपेक्षा थियो दलहरूले त्यस्को ठिक बिपरित काम गरेकै हो !
देशमा परिवर्तन अनेकौ भए तर ति केबल राजनीतिक परिवर्तन मात्रै थिए !
जनताको अबस्थामा खासै केही परिवर्तन आएन
धनि हरेक दिन धनि बन्दै गए ,गरिब झन झन गरिब ,
पहुँच हुनेहरूको लागि हरेक सुबिधा ढोकामै उपलब्ध हुने , तर भूंइ मान्छेको लागि सामान्य भन्दा सामान्य कुरा पनि दूर्लभ हुन थाल्यो !
दलहरू र तिनका कार्यकर्ताको तडक भडक शैलीले उनिहरूमा झन् नैराश्यता निम्त्यायो!
पछिल्लो कोभिडको समय पछि स्थिति झनै भयावह हूदै गयो ,सर्बसाधारणहरूले चर्को अभाब र गरिबि झेल्नु पर्यो! फलस्वरूप पासपोर्ट लिनेहरूको लाइन , हरेक सोमबार पशुपतिनाथमा दर्शन गर्नेहरूको लाइन भन्दा लामा हुन थाले ! हाम्रो एअरपोर्ट कुनै ट्रेन स्टेशन जस्तो लाग्न थाल्यो !
सबैतिरको यो बेथिति, बिसंगति र अभाब बिरूद्द आफ्ना आबाजहरू बुलंद गरेर केहि नयॉ ब्यक्ति र शक्तिहरूको उदय भयो र त्यो स्वभाविक पनि थियो ! जसरी जनताका यस्तै अभाब असन्तुष्टीको प्रतिनिधित्व गरेर कुनै समय कॉग्रेस एमाले माओबादीहरू ले लामो समय सम्म शासन गर्ने मौका पाए!
ठिक त्यसै गरेर अहिलेको अबस्थामा जनताको आशा भरोसा नयॉ अनुहारहरूमा केन्द्रित भएको छ !उनिहरूमा जनताको बिश्वास र भरोसा बढ्दै गयो !
यी नयॉ ब्यक्ति र शक्तिहरू प्रति जनताको मुख्य आकर्षण भनेको नै दलहरू प्रतिको बितृष्णा नै हो !
नयॉ ब्यक्ति र दलहरूको नारा सबैभन्दा पहिला राष्ट्रीयता रह्यो , त्यो स्वभाविक पनि हो !
हरेक गरिब र कमजोर मूलुकमा सबैभन्दा चॉढै आफूतिर आकर्षित गर्न सक्ने हतियार भनेकै राष्ट्रीयता हो ! अब यसरी उदाएका शक्तिहरू बिच नै को बढि राष्ट्रवादी भन्ने प्रतिष्पर्धा नै चलेको छ !
जनता पनि जस्ले ठूलो स्वरमा देशको बारेमा बोल्छ त्यता लाग्नु स्वभाविक हो ! देश आखिर देश नै हो !
झन पछिल्लो समय जुन घटना घट्यो ….त्यस्ले मलाइ के लाग्छ भने पहिचानका लागि अब देशमा २ शक्तिहरू मात्रै बॉकि हुनेछन् !
१ राष्ट्बादी अर्को राष्ट्घाती
एकले अर्को लाइ राष्ट्घाती भन्ने ,अर्कोले अर्को लाइ तानाशाह भन्ने ! जुन संकेत भिड्न्तको संकेत हो !
संहारको संकेत हो ! अहिलेको भोक र गरिबि लाइ एकातिर छाडेर , अब मुद्दा अन्तै मोडिनेछ!
अब हामि देश बिकासको लागि होइन
को बढि देशभक्त हो भनेर लड्ने छौ !
अदृश्य शक्ति लाइ त जसरी पनि लडाउनु नै छ हामिलाइ !
पहिला हाम्रा पूर्खा राष्ट्को लागि बिदेशी संग लडे !
अब हामी राष्ट्रीयताको नाममा आफू आफू लडने छौ! यसबाट जुन पक्षले जीते पनि देशले हार्नेछ!
समय छंदै यो बिनासकारी प्रतिस्पर्धा बाट बाहिर आएर एकले अर्को को बिचारको सम्मान गर्दै दलिए र ब्यक्तिगत स्वार्थ त्यागेर हातेमालो गरेर अगाडि बढेमा मुलुकमा रहेको बिद्यामान समस्याहरू बिरूद्द जीत हासिल गरेर देश अगाडि बढाउन सकिएला नत्र यहि शैलिमा अघि बढे…… जय पशुपतिनाथ!! जय नेपाल !!